Image

दुई वर्षपछि मध्यएसियाको भ्रमणमा चीनका राष्ट्रपति, पुटिनलाई भेट्दै


काठमाडौं, भदौ २७ गते
चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार छन् ।कोभिड १९ महामारीको सुरुवातपछि उनको पहिलो विदेश भ्रमणले सी चीनमा सत्तामा आफ्नो पकडको बारेमा कत्तिको विश्वस्त छन भन्ने देखाएको विज्ञहरुको भनाइँ छ ।

कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछन र त्यसपछि उज्बेकिस्तानको पुरातन सिल्क रोड शहर समरकन्दमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पुटिनसँग भेट गर्नेछन् ।

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले पुटिनले शिखर सम्मेलनमा सीसँग भेट्ने अपेक्षा गरिएको गत साता बताएका थिए । रुसी प्रशासन क्रेमलिनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरेको छ । चीनले सीको भ्रष्ण योजनाको पुष्टि गरेको छैन ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *