• Home
  • ताजा समाचार
  • विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयात घट्नेछ –कुलमान घिसिङ
Image

विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयात घट्नेछ –कुलमान घिसिङ

काठमाडौ, भदौ २० गते।
आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरेका छन् । उनले भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयत घट्ने जिकिर गरेका छन् । सबै वस्तु इलेक्ट्रिसिटीमा कन्भर्ट गर्ने हो भने ३० देखि ४० अर्बको बिजुली खपत हुने उनको भनाई छ ।

उनले ग्यास र पेट्रोलियमभन्दा विद्युत् सस्तो हुने उल्लेख गर्दै प्राधिकरणले देशैभर चार्जिङ स्टेसन राख्न लागेको जनाएका छन् । उनले ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा विद्युतको प्रयोग पनि सस्तो रहेको र अहिले चार्जिङ स्टेसन देशैभरि राख्न लागेको जानकारी दिएका छन् ।घिसिङले विद्युतीय गाडीमा एक रुपैयाँ लगानी गर्दा एक किलोमिटर यात्रा गर्न सकिन्छ भने पेट्रोलियम पदार्थको प्रयोग गर्दा एक किलोमिटरमा २० रुपैयाँ खर्च हुने बताएका छन् । उनले भन्सामा इन्डक्सन चुलो ग्यासभन्दा ६० प्रतिशत सस्तो हुने बताएका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ४ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *