Image

सोभियत युनियनका अन्तिम नेता गोर्बाचेभको अन्तेष्टि शनिबार गरिने


काठमाडौ । भदौ १६ गते
मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् । गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो ।

गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ ।

१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौं उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ । गोर्बाचेभका तत्कालीन राजनीतिक प्रतिस्प्रर्धी तथा रुसी प्रथम राष्ट्रपति बोरिस यल्सिनको शव गाडिएको छ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *