Image

गोर्भाचोभलाई यसरी सम्झे बाइडेनले


काठमाडौं । भदौ १५ गते
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचोभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन् ।

‘यी दुर्लभ नेताका यस्ता कार्य थिए–एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडेनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।’ गोर्भाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडेनले बताए ।

लामो समयदेखि बिरामी भएका गोर्भाचोभको मंगलबार निधन भएको थियो । सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरे र उनी शितयुद्धका अन्तिम नेता हुन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *