हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने– राजीनामा दिन तयार छु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ १५ गते
इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।
यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल–सद्रका समर्थकहरूले सुरक्षा बलमािथ गोली र रकेट फायर गरेका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि