Image

रहेनन् अन्तिम सोभियत नेता गोर्बाचोभ


काठमाडौं । भदौ १५ गते
शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ « महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ । ’

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *