Image

बिरामी पशुको उपचारका लागि चिकित्सक परिचालन

सुर्खेत, ८ भदौ

चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपायहरू धमाधम बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ । पशुपालन पेशालाई मुख्य बनाएर दैनिक घर व्यवहार चलाउँदै आएका बारेकोट गाउँपालिकाका स्थानीयवासीका पशु चौपायहरू बिरामी भएपछि समस्या उत्पन्न भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो ।

किसानहरूले पालन गरेका पशुचौपायको क्षति नहोस् भनि खबर पाएलगत्तै पशु चिकित्सक परिचालन गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । पालिकाको वडा ४ मा रहेका पशुचौपाय बिरामी भएका हुन् ।

बर्षायाममा स्थानीय घास पालन गरी हिउदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षायाममा बारेकोट गाउँपालिकाका पशुचौपाय पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको छ । मुख सुनिने , घास नखाने , ढारिने लगाएका समस्य पशुचौपायमा देखिएको बारेकोट-५ पाखाका प्रेम शाहीले जानकारी दिए ।

पाटनमा गाइ,गोरु, घोडा , बाख्रा, भेडा र भैँसी पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको उनले बताए । हिउँद याममा भारी हिउँ हुने तर वर्षायाममा पाटन क्षेत्रमा हिउँ नहुने भएकाले प्रयाप्त घास हुने गर्दछ ।

Related Posts

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट

खड्क सुनार मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९…

ByByYOUTV ३ वर्ष अगाडि

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन

 हेमन्त केसीसुर्खेत, ५ असार ।  सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो…

ByByYOUTV ३ वर्ष अगाडि

स्थानीय तहमामा मनपरी खर्च

हेमन्त केसीसुर्खेत, ३ असार । स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन…

ByByYOUTV ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *