• Home
  • जनजाति
  • महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै 
Image

महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै 

काठमाडौं, ६ भदौ 

महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते बस्न लागेको हो । 

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ । 

‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै जेष्ठ सदस्य विष्टले भने । 

साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन् । तर, पनि उठ्न सक्छ,’ विष्टले भनेका छन् । 

प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । 

प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने भनेको छ । 

Related Posts

आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने

काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका हल्का वर्षा

काठमाडौं, १४ मंशिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना

तामाङ परिवार आयरल्याण्डद्वारा विशेष सांगीतिक कार्यक्रम आयोजना डब्लिन – तामाङ परिवार आयरल्याण्डले आगामी जनवरी २८ मा आयोजना गर्न…

ByByYOUTV Nepal २ वर्ष अगाडि

त्मारक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ । महानगर भित्ररहेको कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको हो।

बिरगंज महानगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिधालय तथा निजि बिधालय गरि करिब १० हजार भन्दाबढी छात्राहरुलाई आत्मारक्षाका लागि…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *