Trending

विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी

770Views
0 Shares

लमजुङ, ६ भदौ

लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो ।

नेपाली कांग्रेसले विपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा विपीको विचारलाई नेपाली समाजमा लागु गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताए । यसैगरी, पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायतले मन्तव्य राखेका थिए ।

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपरबहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङ लगायत रहेकाे सभापति अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय