• Home
  • ताजा समाचार
  • एकैदिन मापसे गरी सवारी साधन चलाउने १७६ चालकमाथि कारवाही 
Image

एकैदिन मापसे गरी सवारी साधन चलाउने १७६ चालकमाथि कारवाही 

काठमाडौं, ६ भदौ 

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् । 

यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारवाही गरिएको छ । 

बाँकी २ हजार ७४६ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।  

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *