• Home
  • अर्थ
  • वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला
Image

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला


काठमाडौं । भदौ ६ गते
वरुण हाइड्रोपावर कम्पनीले आजदेखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ६ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ६ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *