Image

बालविवाहलाई धर्म होइन अपराध नमानेसम्म नरोकिने 

जुम्ला, २६ साउन 

नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गराउन नहुने उल्लेख छ । मुलुकी अपराध संहिता ऐन ०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने र विवाह गर्नेलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ  । बालबालिका सम्बन्धी ऐन ०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पष्ट उल्लेख छ । यति धेरै कानूनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा बालविवाह भने रोकिएको छैन । 

कानुनी कारवाहीको पाटो कमजोर भएका कारण बालविवाह गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउन पनि नसकेको जिल्ला सरकारी वकिल जुम्लाकी रेनुका राईले बताइन । उनका अनुसार बालविवाह रोक्न समाजका सबै पक्षले सहयोग गर्नुपर्छ । गाउँ समाजनै यसमा सचेत हुनुपर्छ र बालविवाहलाई धर्म ओइन अपराधका रुपमा लिन सक्नुपर्ने उनको भनाइ छ । 

बालविवाह दुर्गम र कर्णालीका जिल्लाहरूमा अझै व्यापक छ । यी स्थानमा सानै उमेरमा कन्यादान गरे धर्म हुने, बोझ घट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्ने जस्ता सोचका कारण बालबालिका विकराल बनिरहेको छ । 

प्रमुख जिल्ला अधिकरी बिजयाकुमारी प्रसाईले अहिलेसम्म जिल्लामा बालविवाहविरुद्धका मुद्दानै नचलेको बताइन् । उनले भनिन्, ‘सूचना आएपछि प्रहरीले पक्राउ गर्ने हो । यहाँ समाजले नै बालविवाहलाई स्वीकारेको छ ।’ 

बालविवाह रोक्न र सचेतना फैलाउन पातारासीस्थित एक विद्यालयमा बुधबार सचेतना कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा प्रजिअ प्रसाईले प्रहरी, प्रशासनले समाजमा हुने अपराधजन्य क्रियाकलाप रोक्न सबै पालिकाका विद्यार्थी सचेत हुनुपर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कानुनी रुपमा दण्डनीय भए पनि समाजले यसलाई अपराध मान्न नसक्दा समस्या भएको बताए । बालविवाहलाई सामान्यरुपमा लिने र कानुनी कारवाहीका लागि कोही पनि प्रक्रियामा नजाने गरेको उनको दाबी छ । यसले बालविवाह बढ्दै जाने र कानुन कार्यान्वयनमा प्रगति नहुने उनको भनाइ छ । 

सशस्त्र प्रहरी बलका एसपी चित्रङ्गगत दाहालले बालबालिका, अभिभावक र समाज बालविवाहलाई कानुनी रुपमा दण्डनीय भनेर स्वीकार्न तयार नरहेको  बताउँछन् । उनले भने, ‘गाउँपालिकामा न्यायिक समिति छ । दिनहुँ बालविवाह भइरहेका छन् । तर, मुद्दा आउँदैनन् ।’  

पातारासी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयोजक जनमाया रोकायाले बालविवाह नियन्त्रणमा ठूलो चुनौती भएको बताइन् । 

पातारासीगाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले अनेक प्रयास गर्दा पनि पातारासीमा बालविवाह नियन्त्रण गर्न नसकेको बताए । किडार्क नेपालका श्री भण्डारीले गाउँ समाज सबै सचेत नहुँदासम्म बालविवाह रोक्न कठिन भएको बताए । 

Related Posts

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट

खड्क सुनार मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९…

ByByYOUTV ३ वर्ष अगाडि

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन

 हेमन्त केसीसुर्खेत, ५ असार ।  सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो…

ByByYOUTV ३ वर्ष अगाडि

स्थानीय तहमामा मनपरी खर्च

हेमन्त केसीसुर्खेत, ३ असार । स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन…

ByByYOUTV ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *