• Home
  • समाचार
  • विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Image

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, २४ साउन 

काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

प्युठानको गौमुखी गाउँपालिका–४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका–३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–५ स्थित खर बारीमा सोही नगरपालिका–१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुवँर सोमबार मृत अवस्थामा फेला परेका छन् । 

गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

मोरङको बेलबारी नगरपालिका–३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय बिसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *