• Home
  • समाचार
  • विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Image

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, २४ साउन 

काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

प्युठानको गौमुखी गाउँपालिका–४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका–३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–५ स्थित खर बारीमा सोही नगरपालिका–१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुवँर सोमबार मृत अवस्थामा फेला परेका छन् । 

गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

मोरङको बेलबारी नगरपालिका–३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय बिसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *