• Home
  • Uncategorized
  • बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाए
Image

बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाए

महोत्तरी, २३ साउन


बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएकाे छ  ।

शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले नगर शिक्षक हटाएको निष्कर्ष निकाल्दै उक्त बैठकले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नगरभित्र रहेका सामाजिक संघ-संस्थाहरूमा चरम मनोमानी रहेको र उद्योग वाणिज्य संघ, खानेपानी संस्थानहरूमा यथाशीघ्र नयाँ कार्यसमिति बनाउने विषयमा पनि सर्वदलीय निर्णय भएको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थाहरूमा नयाँ कार्यसमिति बनाउन इलाका प्रशासनलाई तत्काल ज्ञापनपत्र बुझाउने दलहरूले सहमति जनाएका छन् ।

उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संस्थाहरूमा कार्यसमितिको ३ वर्ष अगाडि नै म्याद सकिए पनि विधान र नियमविपरीत मनोमानी भइरहेको तर्फ सबै दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय बैठकले नगरभित्र रहेको सामुदायिक पुस्तकालय संचालनको सम्बन्धमा  सरोकारवाला निकायसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सर्वदलीय बैठकले नगरभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रका सम्बन्धमा चासो देखाए । धार्मिक पर्यटकलाई व्यवस्थित बनाउन विधान र योजना हुँदाहुँदै अस्तब्यस्त र जीर्ण अवस्थाका सम्बन्धमा नगर कार्यालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठक संचालनका सम्बन्धमा पनि दलहरू बीच भद्र सहमति भएको छ । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ३ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *