• Home
  • समाचार
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
Image

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ साउन 

लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत झापाले २०७५ माघ १६ गते लागुऔषध मुद्दामा उनलाई २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *