
साउन ६ गते
गोलबजार नगरपालिकाले करारका कर्मचारीहरुलाई निष्कासनगरेको विरुद्धमा हिजो (माओवादी केन्द) ले पत्रकार सम्मेलन गर्दै करार सेवामा खटेका कर्मचारीको म्याद थपको सम्बन्धमा शान्तिपुर्ण आन्दोलन गर्ने भनिएको थियो। तर ठिक बिपरित शैलीमा आन्दोलन गर्दै नगरपालिकामा ढुङ्गा प्रहार गर्ने भौतिक सामाग्री हरु नष्ट गर्ने गरि आन्दोलनलाई उग्र बनाउदा माओवादी कार्यकर्ताहरुले गरेको ढुङ्गा प्रहार बाट गोलबजार ना.पा-४ का स्थानीय बर्ष ३६ का जितेन्द्र साफी घाइते भएका थिए ।
[the_ad id=”1166″]
सोही बिषयलाई लिएर आज गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियोे ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठले बिधिको शासन सबैले मान्नुपर्ने र द्म्भ देखाउने कार्य बन्द गर्नु पर्ने बताए सो न भएमा कानुन अनुसार को कार्वाही गर्न बाध्य हुने पनि बताए ।
[the_ad id=”1154″]
करारमा रहेका राम्रा कर्मचारीहरुलाई राख्ने र राजनीतिक भर्ती केन्द्रको रुपमा राखेका सुतेर बस्ने, काम नगर्ने कर्मचारीहरुलाई हटाउन लागिएको समेत बताए ।
३,५५,५१,३६० तीन करोड पचप्न्न लाख एकाव्न्न हजार तीन सय साठी बार्षिक तलब भत्तामा खर्चरहेको हुँदा बिकास बजेट कटौती गरि कर्मचारीहरु लाई तलब दिनु परि रहेको अवस्था रहेकोले नगरपालिकाले करारको कर्मचारी हटाउन बाध्य भएको समेत नगर प्रमुख श्रेष्ठले बताए ।











