Image

२३९ वर्षपछि दी हेराल्डले पायो पहिलो महिला सम्पादक

स्कटल्यान्ड, ७ भदौ

आफ्नो २३९ वर्ष लामो इतिहासमा स्कटल्यान्डको ब्रोडसिट दी हेराल्ड पत्रिकाले पहिलो पटक महिला सम्पादक नियुक्त गरेको छ । पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो । उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन् ।

सालमन्डले डोनाल्ड मार्टिनको स्थान लिनेछिन् । मार्टिनको कार्यकाल यही ३१ अगस्टमा समाप्त हुँदै छ । 

‘उनले भनिन्, ‘दी हेराल्डमा आबद्ध हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु र यस नयाँ अध्याय इतिहासमा रोमाञ्चक हुनेमा म विश्वस्त छु । 

उनले अगाडि भनिन्, ‘हामी स्कटल्याण्डको उत्कृष्ट समाचार ब्रान्डहरू मध्येको एउटा अनलाइन र प्रिन्टमा अपेक्षित बलियो, तीव्र, र ऊर्जावान पत्रकारिता प्रस्ताव गर्छौं भन्ने सुनिश्चित गर्दै पत्रिका र यसका कर्मचारीलाई विजेता बनाउँदै मैले दृढता र  जोससहित नेतृत्व गर्नेछु’, उनले भनेकी छिन् । 

‘हाम्रो उद्योगले सामना गरेको दबाबप्रति हामी सबै सचेत छौँ, तर बौद्धिक, दृढ र अगाडि सोच्ने एउटा समूहसहित दि हेराल्डलाई राम्रो तहमा राखिएको छ ।’

न्युजक्वेस्ट स्कटल्यान्डका प्रधानसम्पादक क्यालुम बेयर्डले थपे, ‘यो स्पष्ट थियो की क्याथरिनको महत्वाकांक्षा हाम्रो आफ्नैसँग मेल खान्छ र उनको दृष्टिकोण दिन समूहसँग कसरी काम गर्छिन भन्ने हेर्न हामी उत्सुक छौ ।’
 

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ दिन अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *