Trending

स्वास्थ्यका लागि हरियो लसुन खानुका अचुक फाईदाहरु

205Views
0 Shares

काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र होइन हरियो पात पनि निकै नै फाईदा जनक छ । लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ ।

तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुण छन् । चिसो मौसम खानपानको लागि गर्मी मौसमको तुलनामा राम्रो मानिन्छ ।

यस मौसममा पाचन प्रकृयामा कुनै प्रकारको समस्या आउदैन् भन्ने धारण पनि पाइन्छ । यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली पेटमा सेवन गर्नुपर्छ । लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।संभव भएसम्म लसुन विहानै खानुपर्छ, खाली पेटमा ।

लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।खासगरी चिसो मौसममा विभिन्न प्रकारका तरकारीहरु बजारमा पाईन्छ । त्यस्तै तरकारी मध्येको एक तरकारी हो हरियो लसुन । चिसो मौसममा हरियो लसुन खानु हाम्रो शरीरको लागि फाइदाजनक मानिन्छ ।

लसुन सेवन गर्दा सावधानी पनि अनाउनु पर्छ । सुन सेवन गरेपछि त्यसको साइड इफेक्ट जस्तै, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्ध आउने हुनसक्छ , यसले रगतलाई पातलो बनाउँछ । त्यसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेकाहरुले यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ । चिसो मौसममा हरियो लसुन खानुका फाईदाहरु यसप्रकार छन्–

स्वासप्रश्वास सम्बन्धी समस्या भएका मानसहरुको लागि पनि हरियो लसुन राम्रो मानिन्छ । यसले स्वास प्रणलीको कामलाई राम्रो बनाउछ , हरियो लसुनमा भएको केशीकामा भरपुर मात्रामा आइरन पाईन्छ । जसले शरीलाईलाई बलियो बनाउन सहयोग गर्छ ।

मस्तिष्कमा रक्तसञ्चारलाई चुस्त दुरुस्त बनाउनको लागि हरियो लसुन उपयुक्त मानिन्छ ।आर्युवेदमा लसुनलाई जवान रहने औषधी मानिन्छ । साथै यसले केहि रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुची मा यो उपयोगी हुन्छ ।

कोलेस्टोर नियन्त्रणका लागि लसुन निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा लसुनको केस्रा सेवन गर्नुपर्छ, हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ । यसले रक्त प्रवाहलाई सुचारु गराउँछ, कोलेस्टोर नियन्त्रण गर्न । यहि कारण हृदयरोगको भयबाट बचाउँछ । मुटुलाई स्वस्थ्य राख्नका लागि दिनहुँ दुई केस्रा काँचो लसुन पिसेर सेवन गरौ ।

लसुनमा भिटामिन सि, बि–६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।

लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ, जसले दाद, चिलाउने लगायतकासँग लड्ने क्षमता राख्छ । यो केन्डिया नामक इन्फेक्सनसँग पनि लड्छ । जहाँ इन्फेक्सन भएको त्यहाँ लसुनको तेल लगाउनुपर्छ । काँचो लसुन नियमित रुपमा सेवन गर्नुपर्छ ।

लसुनमा रहेको एन्टिभाइरल र एन्टि इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीको कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ,पेट सम्बन्धी समस्या हटाउनका लागि लसुन उपयोगी हुन्छ । यसका साथै लसुनको सेवनले पेटमा रहेको विषाक्त पदार्थ सफा गर्छ भने दाँतको दुखाईबाट पीडित हुनुहुन्छ भने, लसुनको एक केस्रा पिसेर दाँत दुखेको स्थानमा लगाउनुपर्छ । केहि समयपछि दुखाई कम हुन्छ । किनभने लसुनमा एन्टी ब्याक्टेरियल र दुखाई कम गर्ने गुण हुन्छ ।

यदि खानेकुरामा अरुची छ भने त्यसको राम्रो समाधान हो, लसुन । बिहान नियमित रुपमा लसुन प्रयोग गर्नुहोस्, यसले पाचन यन्त्र ठीक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
23°
Fair
5:39 am6:51 pm +0545
Feels like: 23°C
Wind: 3km/h ENE
Humidity: 50%
Pressure: 1004.4mbar
UV index: 0
7 am8 am9 am10 am11 am
26°C
30°C
34°C
37°C
39°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय