• Home
  • अर्थ
  • सेयर बजार २.१६ अंकले वृद्धि
Image

सेयर बजार २.१६ अंकले वृद्धि

काठमाडौं, १८ मंसिर 

 साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार  २.१६ अंकले वृद्धि भएकाे छ ।  नेप्से परिसूचकमा ०.११ प्रतिशतले वृद्धि भएको  हाे ।

गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार ११.२२ अकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.३० प्रतिशतले वृद्धि भएको  छ ।   ३६ लाख ९४  हजार ८४ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७  लाख  बढीको कारोबार भएको छ ।

यस्तै १९९  कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनीमा ओरालो लागेको र १३ कम्पनी स्थिर रहेको छ । 

धौलागिरी लघुवित्त वित्तीय संस्था ९.९८ प्रतिशत, ओरियन्टल होटेल्स ६.५७  प्रतिशतले वृद्धि भएको छ । नबिल बैंक १९ करोड ८० लाख बढीको कारोबार भएको र समृद्ध लघुवित्त बित्तिय संस्था ८ करोड ७७ लाख बढीको कारोबार भएको  छ ।

आइतबार  १३ उप सूचकहरूमा ९ कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकहरुमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै होटेल र पर्यटनमा १.६५ प्रतिशत, जीवन बिमामा करिब २ प्रतिशतले वृद्धि भएको छ र अन्यमा सामान्य वृद्धि भएको छ । साथै ५ उपसूचकहरू ओरालो लागेको  छ ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *