• Home
  • ताजा समाचार
  • सुनसरीको दक्षिणी गढी गाउँपालिकाको अध्यक्षामा एमाले विजयी
Image

सुनसरीको दक्षिणी गढी गाउँपालिकाको अध्यक्षामा एमाले विजयी

काठमाडौं, ५ जेठ

सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेद्‌वार आशनारायण चौधरी  र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् ।

चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए । उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले ७ हजार ८१५ मत प्राप्त गरिन् भने कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर पराजय व्यहाेरेकी छन् ।

गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ । हालसम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *