• Home
  • ताजा समाचार
  • सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानून व्यवसायीहरुद्वारा प्रदर्शन
Image

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानून व्यवसायीहरुद्वारा प्रदर्शन

काठमाडौं । पुष ६ गते
आज सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरे । तर यता सर्वोच्च प्रशासनले प्रदर्शनकारीहरुलाई अदालत परिसरमा नाराबाजी नगर्न र हाते माइक प्रयोग नगर्न दबाब दिएको छ ।

बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूलाई प्रधानन्यायाधीशको निर्देशन भन्दै सर्वोच्च प्रशासनबाट फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनिएको जानकारी दिए ।अदालतको दैनिक कामकारवाहीमा प्रभाव परेको र सेवाग्राहीहरुलाई सास्ती भएको भन्दै अदालत प्रशासनले नाराबाजी र हाते माइक प्रयोग नगर्न भनेको बताइएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *