• Home
  • अर्थ
  • शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे
Image

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै  पुस ४

आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ । 

आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । 

नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *