Trending

शेयर बजार आज फेरि घट्याे

1.0kViews
0 Shares

काठमाण्डाै  पुस ६

शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति साेमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।  

आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीकाे २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र शृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय