• Home
  • ताजा समाचार
  • वीरगंज महानगरपालिका वडा नं २१ निवासी इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट फेला
Image

वीरगंज महानगरपालिका वडा नं २१ निवासी इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट फेला

वीरगंज महानगरपालिका वडा नं २१ निवासी इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट फेला पारी उद्वार भएको छ। बिगत केही महिना देखि खोजतलास हुदा हराएका देवान बिहार को समस्तिपुर मा फेला परेका थिए। देवान हराएको जनकारी आएपछी बिरगंज महानगर पालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोज तलाश समिति बनाएको थियो। सो समिती ले ९ महिना देखि हराएका इब्राहिम देवान लाई ९ महिना पछि खोज्न सफल भएको थियो। वीरगंज महानगरपालिका वडा २१ निवासी शाह महमदको छोरा इब्राहिम देवान लाई भारतमा उपचार गर्न लैजाने क्रममा भारतको किछौछा दरगाह सरीफबाट हराएका हुन।
९ महिना पछि भारतको समस्तीपुर जिल्लामा मुमरी धरारी थाना नजिक रुपौली लज् किनारमा बसि रहेको जानकरी पाएपछि वीरगंज महानगर पालिका अन्तर्गत रहेका बालअधिकार समितिको विशेष पहलमा बाल कल्यान अधिकारि साबित्री भन्डारी लाई सुचना पाए लगतै भारतको विभिन्न स्थानहरुमा भएका बाल गृहहरु समन्वय गरि सो ब्यक्तिलाई उदार गरि विरगंजमा मिति ल्याइ परिवार जनलाई हस्तान्तरण गर्ने त्यारी गरेका थिए। सावित्री भन्डारी ले बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल को रोहबर मा परिवार जन लाई जिम्मा लगाइएको छ।
पीडित परिवार जनले बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई धन्यवाद दिदै भने कि तपाईले हामीलाई सहयोग नगरेको भए आज बुवा र छोराको मिलन हुदैन थियोे। साथै बालअधिकार समिति कि साबित्री भन्डारीलाई पनि परिवारजनले धन्यवाद दिएका छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *