• Home
  • ताजा समाचार
  • विश्व रक्तदाता दिवसमा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तदातालाई सम्मान
Image

विश्व रक्तदाता दिवसमा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तदातालाई सम्मान

काठमाडौँ,  ३१ जेठ

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जना दातालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान गरिएको थियो। यसैगरी २५ पटकभन्दा बढी रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत र प्रशंसापत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *