For Youtvnepal long gif
Image

विश्व इतिहासमा आज के भयाे ?

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
 
वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी
वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा  संयुक्त रुपमा हिडेर वर्लिनको पर्खाल ढलेको २०औ वार्षिकी मनाएका थिए ।
 
सानो उमेरमै विश्व चेस च्याम्पियन
सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए । १३औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी चेस प्रतियोगितामा सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए ।

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन सुरु
सन् १९६७ मा आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो । सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिको संस्थापक अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए । म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानाकारी दिन्थ्यो ।

यहुदीमाथि नाजीको जातीय नरसंहार
सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदीसँग आबद्ध व्यापरी, धर्मगुरु र अन्य सर्वसाधरणको खोजी खोजी हत्या गरेका थिए । उनीहरु यहुदीको धर्मगृहमासमेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ । 
 

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ५ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ५ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *