• Home
  • ताजा समाचार
  • विभिन्न स्थानमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु
Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडौं, ३१ जेठ

झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन् । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–११ पृथ्वीनगर चोकमा लु.१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *