लिगलिगकोट दौड भदौ २५ गते हुने 

835Views
0 Shares

काठमाडौं, १३ भदौ 

नेपाली सेनाको संयोजकत्वमा राष्ट्रव्यापी लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड–२०७९ यही भदौ २५ गते हुने भएको छ । 

गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाले संयुक्त आयोजनामा  दौड प्रतियोगिता गोरखाको लिगलिगकोटमा हुनेछ । 

म्याराथन दौड भाद्र २५ गते विहान ६ बजे लिगलिगकोटबाट सुरु हुने नेपाली सेनाले जनाएको छ । म्याराथन दौडको दुरी ४० किलोमिटर रहेको छ । 

दौडमा सहभागी हुन क्यूआर कोड मार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने छ । यस्तै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म लिई दर्ता गर्न सकिने नेपाली सेनाले जनाएको छ । 

म्याराथन संचालन हुने रुट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय