रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष

180Views
0 Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए।

सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन्। भम्रण तथा विद्यार्थी भिसामा रसिया पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ।

तर, रसियामै बस्ने संघका अध्यक्ष डा.केसीले भने यसविषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए। ‘यसविषयमा हामीलाई केही जानकारी छैन। मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा.केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन। दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
32°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 36°C
Wind: 6km/h SE
Humidity: 57%
Pressure: 1010.5mbar
UV index: 5
10 am11 am12 pm1 pm2 pm
34°C
35°C
36°C
37°C
38°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय