For Youtvnepal long gif
Image

रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगायो

रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगाएको छ । रुसी सेनाले पूर्णरूपमा खेरसन सहर नछाडेको र नजिकैको दिनिप्रो नदीमा ठूलो क्याम्प बनाएर बसेकाले जोखिमलाई ध्यान दिँदै युक्रेनले कर्फ्यु लगाएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कर्फ्युसँगै सहरभित्र र बाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ । सुरक्षा स्थिति तनावपूर्ण बनेको खबरमा उल्लेख छ ।

खेरसनमै रहेका रुस समर्थित युक्रेनी लडाकु र रुसी सेनाले फेरि बलियो आक्रमण गर्ने त्रास फैलिएको छ । भागेका स्थानीयलाई उनीहरूको घरमा बम र विष्फोटक पदार्थको जाँच नभएसम्म नफर्किन चेतावनी दिइएको छ ।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले खेरसनका सबै महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका र सहरलाई बिजुली, पानी र सञ्चारबाट वञ्चित गरेका बताउनुभएको छ । रुसी सेनाले सहर छाडेपछि युक्रेनी सेना विजय उत्सव मनाउँदै गएको शुक्रवार खेरसनमा प्रवेश गरेको थियो ।

गएको मार्च महिनामा युक्रेनमा आक्रमण थालेपछि रुसले नियन्त्रणमा लिएको पहिलो रणनीतिक सहर खेरसन नै हो । तर रुसले एकाएक खेरसनबाट सेना फिर्ता गर्ने निर्णय गर्नुलाई उसको चलाखपूर्ण र रणनीतिक कदमका रूपमा व्याख्या गरिएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *