• Home
  • ताजा समाचार
  • राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष गुरुङलले पनि दिए राजीनामा
Image

राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष गुरुङलले पनि दिए राजीनामा

काठमाडौं, २२ वैशाख

शीर्ष नेताहरूले राप्रपा नेपाल परित्याग गर्न थालेका छन् । गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपालको नेतृत्व गर्न पुगेका कमल थापाको साथ वरिष्ठ नेताहरूले छाड्न थालेका छन् ।

बिहीबार राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कोषाध्यक्षबाट राजीनामा बुझाएका छन् ।

केन्द्रीय कार्यालय विशालनगरमा गुरुङले आफ्नो राजीनामापत्र दर्ता गराएका छन् । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए ।

अहिले आएर गुरुङले थापाको साथ छाडेको छन् । थापासँगको राजनीतिक साथ छोड्नेमा गुरुङ मात्र होइन अघिल्लो साता शीर्षनेताहरूले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

अघिल्लो साता उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *