Trending

युवा नेता कञ्चन झाद्वारा कांग्रेस महामन्त्री थापा समक्ष सुझाव पत्र पेश

175Views
10 Shares

वीरगञ्ज, फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो ।
भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी सुझाव पत्र महामन्त्री थापा समक्ष पेश गर्नुभएको थियो ।
आईतबार नारायणचौरस्थित महामन्त्री थापाको कार्यालयमा भएको भेटघाटमा नेता झाले कांग्रेसलाई समुदायमा बलियोसँग उपस्थित गराउन अपनाउन सकिने उपायहरुका बारे महामन्त्री थापालाई जानकारी गराउनु भयो । वहाँले नेपाली कांग्रेस बलियो हुँदाहुँदै पनि २०७४ साल जस्तो परिणाम आउन नदिन संगठन र संगठनमा आबद्ध नेता–कार्यकर्ताहरूको उपयुक्त व्यवस्थापनको विषयमा बुलन्द कार्यनिती बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि नेपाली कांग्रेसले समुदायसँग परस्पर सम्बन्ध सुदृढ गर्न सामुदायिक चासोका विषयमा गम्भीर बन्नुपर्ने आवश्यक्ता नेता झाले औँल्याउनु भएको हो । साथै नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुमार्फत युवाहरुको मन बुझ्ने र नेतृत्वमार्फत सम्बोधन गर्ने दिशामा केन्द्रीय समिति अघि बढ्नुपर्ने वहाँको भनाई रहेको थियो ।
नेता झाले नेपाली कांग्रेसको वर्तमान अवस्था र पार्टी नेतृत्वबाट कार्यकर्ताहरुले गरेको आशालगायतका विषयमा पनि महामन्त्री थापाको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
37°
Fair
5:29 am7:00 pm +0545
Feels like: 38°C
Wind: 13km/h NW
Humidity: 28%
Pressure: 1004.4mbar
UV index: 0
7 pm8 pm9 pm10 pm11 pm
33°C
32°C
31°C
30°C
28°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय