• Home
  • अन्तर्वार्ता
  • युवा नेता कञ्चन झाद्वारा कांग्रेस महामन्त्री थापा समक्ष सुझाव पत्र पेश

युवा नेता कञ्चन झाद्वारा कांग्रेस महामन्त्री थापा समक्ष सुझाव पत्र पेश

वीरगञ्ज, फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो ।
भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी सुझाव पत्र महामन्त्री थापा समक्ष पेश गर्नुभएको थियो ।
आईतबार नारायणचौरस्थित महामन्त्री थापाको कार्यालयमा भएको भेटघाटमा नेता झाले कांग्रेसलाई समुदायमा बलियोसँग उपस्थित गराउन अपनाउन सकिने उपायहरुका बारे महामन्त्री थापालाई जानकारी गराउनु भयो । वहाँले नेपाली कांग्रेस बलियो हुँदाहुँदै पनि २०७४ साल जस्तो परिणाम आउन नदिन संगठन र संगठनमा आबद्ध नेता–कार्यकर्ताहरूको उपयुक्त व्यवस्थापनको विषयमा बुलन्द कार्यनिती बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि नेपाली कांग्रेसले समुदायसँग परस्पर सम्बन्ध सुदृढ गर्न सामुदायिक चासोका विषयमा गम्भीर बन्नुपर्ने आवश्यक्ता नेता झाले औँल्याउनु भएको हो । साथै नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुमार्फत युवाहरुको मन बुझ्ने र नेतृत्वमार्फत सम्बोधन गर्ने दिशामा केन्द्रीय समिति अघि बढ्नुपर्ने वहाँको भनाई रहेको थियो ।
नेता झाले नेपाली कांग्रेसको वर्तमान अवस्था र पार्टी नेतृत्वबाट कार्यकर्ताहरुले गरेको आशालगायतका विषयमा पनि महामन्त्री थापाको ध्यानाकर्षण गराउनुभएको थियो ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *