Image

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।

योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भाइरसबाट सर्ने एक रोग हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्क्रमणबाट सुरुमा एक्कासि ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घाँटी खराब हुने देखिन्छ । यो रोगको सङ्क्रमण भएका चिम्पान्जी, चमेरो र जङ्गली मृगलगायतका जनावरसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गरेको डब्लूएचओले जनाएको छ ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *