म्यादी प्रहरीका लागि दरखास्त आह्वान, १ लाख १५ हजार भर्ना लिने 

725Views
0 Shares

काठमाडौं, २६ भदौ 

नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो । 

म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले देशभरका प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरीले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ । 

तोकियोको मितिभित्र दरखास्त बुझाउने व्यक्तिले आवेदन दिएको कार्यालयमा ७ असोजमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ । म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ भने उनीहरुले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउने छन् । 

उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ पाउने छन् । साथै हिमाली जिल्लामा खटिनेलाई थप एक हजार पोशाक भत्ता पाउने छन् । यसैगरी आउने–जाने खर्च एक हजार रूपैयाँ र ३०० रुपैयाँको दरले चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ  पनि पाउने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय