Trending

मोरङको उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

895Views
0 Shares

मोरङको उर्लाबारी नगरपालिका–८ मा गएराति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।

उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी  ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयाे । महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका–१ मा हाे।

निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो । उपचारकै क्रममा गएराति उहाँको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय