• Home
  • अर्थ
  • मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका पनि एक्सनमा
Image

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका पनि एक्सनमा

काठमाडौं, १४ मंसिर

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन् । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै  ३५ दिनभित्र  अनधिकृत संरचना हटाउन आह्वान गरेको छ । 

उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउन समेत उल्लेख छ । सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ । 


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni २ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ५ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *