• Home
  • अर्थ
  • मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या : विद्युत् आपूर्ति प्रभावित
Image

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या : विद्युत् आपूर्ति प्रभावित

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२ दशमलव ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा हिजो दिउँसोदेखि समस्या आएको हो ।

झण्डै ५ हजार ग्राहकमा विद्युत् आपूर्तिको समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुङ्गल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।

तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लाइ’ लिने र थानकोट फिडरको विस्तार गरी आज दिउँसोसम्म विद्युत् आपूर्तिको व्यवस्थापन गर्ने तयारी छ ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजानेछ । यसका लागि केही दिन लाग्नेछ । प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२ दशमलव ५ एमभीएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५/४५ एमभीएले प्रतिस्थापन गर्दैछ । त्यहाँ रहेका २२ दशमलव ५ एमभीएका दुई वटा ट्रान्सफर्मरमध्ये एउटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिनेछ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *