• Home
  • ताजा समाचार
  • माओवादी र कांग्रेसका कार्यक्रताबीच रुकुमपश्चिममा झडप
Image

माओवादी र कांग्रेसका कार्यक्रताबीच रुकुमपश्चिममा झडप

सुर्खेत, २२ वैशाख

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी  केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

झडपमा परी ६ जना घाइते भएका छन् ।  कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ ।

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डिएसपी विष्णुप्रसाद सोतीले बताए । जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *