Image

मनहरी गाउँपालिकामा कांग्रेसका खनाल विजयी

हेटौंडा, ३१ वैशाख

मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे ।

खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए । १ नम्बर वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाग, साबित्री घिमिरे विजयी भएका छन् ।

१ नम्बर वडाको मतगणना गरिसक्दा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ९ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *