Image

बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै

काठमाडौं, ६ वैशाख

आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् ।

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हँुदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डले तयार पारेको प्रश्न पत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ  । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालय प्रमुख हर्कबहादुर सिंहले जानकारी दिए ।

नियमिततर्फ तीन हजार एक सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने कार्यालय प्रमुख सिंहको भनाइ छ । बाजुराबाट सहभागी हुने परिक्षार्थीमध्ये एक हजार ६ सय ३३ छात्र र एक हजार पाँच सय ५५ छात्रा छन् । १५ जनालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *