Trending

‘बगान’ बाट उदाउँदै प्रमिला

325Views
0 Shares

काठमाडौं, १३ असार । असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुँदै छ । अभिनयमा तीन दशकको अनुभव बटुलिसकेका अभिनेता सरोज खनाल यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आफ्नो निर्देशकीय डेब्यु फिल्ममा उनले सामाजिक विषयवस्तुलाई उठान गरेका छन् । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वसँगै फिल्ममा सामाजिक दतित्व समेत समेटिएको छ । 

फिल्मको गीत र टिजर सार्वजनिक भईसकेको छ । जसबाट डेब्यु गर्ल प्रमिला कार्कीले आफ्नो अभिनयबाट दर्शकसँगै फिल्मकर्मीलाई समेत प्रभावित पारिरहेकी छिन् । यसमा नीर शाह, स्वयम् निर्देशक सरोज खनाल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको छ । यी सिनियर र अनुभवी कलाकारको भिडमा समेत टेलिभिजनकर्मीको रुपमा परिचित प्रमिला आफ्नो काममार्फत नोटिस भएकी छिन् । 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनय सम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरें । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता बढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’

फिल्ममा उनले प्राप्तीको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुश गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिदैछु भन्ने भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाईरहेकी हुन्छिन् । 

सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केहि असहज जस्तो महसुश भएता पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ । ‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । 

म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनि आफ्नो पात्रमार्फत युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउछिन् । ‘स– परिवार नै हेर्नु पर्ने फिल्म बनेको छ । परिवारमा एउटी महिलाले चाहने साथ र समाजमार्फत राखेको अपेक्षा प्रस्तुत गरेका छौं । यसलाई परिवार  र समाजले बुझ्नु जरुरी छ । यो सम्पूर्ण परिवारको लागि बनेको फिल्म हो’, प्रमिलाले भनिन् । 

परिवर्तनलाई आफू र आफ्नै घरबात सुरुआत गर्नु पर्ने बताउने प्रमिलाले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको निर्देशक खनालले बताए । ‘यसमा प्रमिलाले सबैलाई चकित बनाउने काम गरेकी छिन् । एउटा कलाकार र डेब्यु निर्देशक भएकाले उनीसँग काम गर्दा सहजता महसुश गरें । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन्’, निर्देशक खनालले भने । 

सुरेश वाग्ले र विनोद मानन्धरको निर्माण रहेको फिल्ममा स्वप्न नीरवको कथा,  गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दै छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Sunny
5:39 am6:51 pm +0545
Feels like: 30°C
Wind: 5km/h NW
Humidity: 29%
Pressure: 1006.1mbar
UV index: 3
9 am10 am11 am12 pm1 pm
34°C
37°C
39°C
40°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय