• Home
  • खेलकुद
  • फुटबल खेलाडी संघको अडान: ‘लिगको मिति नतोकिएसम्म आन्दोलन रोकिँदैन’
Image

फुटबल खेलाडी संघको अडान: ‘लिगको मिति नतोकिएसम्म आन्दोलन रोकिँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक रूपमा घोषणा नगरेसम्म आफूहरूको आन्दोलन यथावत् रहने स्पष्ट पारेको छ। तीन पक्षीय समझदारी अनुरूप एन्फा कार्यसमितिको आगामी बैठकबाट लिगको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै संघले आइतवार प्रेस विज्ञप्ति जारी गरेको छ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “झन्डै ३ वर्षदेखि स्थगित सहिद स्मारक ए डिभिजन लिग यही वर्ष हुनुपर्ने र अन्य सबै लिगको सुनिश्चितताका लागि सुरु गरिएको आन्दोलन यथावत् रहेको जानकारी गराउन चाहन्छौँ।”

समझदारी कार्यान्वयनको जोड

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग एन्फा, ए डिभिजन क्लबहरू र खेलाडी संघका प्रतिनिधिहरूबीच भएको छुट्टाछुट्टै तथा संयुक्त छलफलपछि ए-डिभिजन लिग यसै वर्ष सुरु गर्ने सहमति भएको कुरा विज्ञप्तिमा स्मरण गराइएको छ।

“अब बस्न लागेको एन्फा कार्यसमितिबाट लिग मिति औपचारिक रूपमा घोषणा गर्ने समझदारी बनिसकेकाले सो प्रक्रियालाई शीघ्र सम्पन्न गर्न हामी आग्रह गर्दछौँ।”

संघले एन्फालाई उक्त समझदारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

‘लिग नभए कुनै हालतमा स्वीकार्य छैन’

खेलाडी संघले यदि एन्फाले यो वर्ष ए डिभिजन लिग नहुने कुनै निर्णय गरेको खण्डमा त्यो कुनै हालतमा स्वीकार्य नहुने पनि प्रस्ट पारेको छ।विज्ञप्तिमा एन्फा र क्लबबीच सहमति भएको राष्ट्रिय लिग सञ्चालनमा खेलाडी संघ बाधक नबन्ने उल्लेख गरिएको छ। तथापि, उनीहरूको न्यूनतम माग ए डिभिजन लिगसहित सबै तहका फुटबल लिगहरूको सुनिश्चितता रहेको संघले जोड दिएको छ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *