• Home
  • ताजा समाचार
  • फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन
Image

फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन

फाल्गुन १५ गते पर्सा–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ को मुर्लिमा घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा मुर्लिबासीले खुलेर समर्थन जनाएका छन्। घर–घर पुग्दा स्थानीयको उत्साह देखिन्थ्यो, मानौं यसपालि परिवर्तन चाहिएको सन्देश स्पष्ट थियो।
उम्मेदवार सरार्फले जनताको भावना राख्दै भने, “वीरगन्जलाई भोट बैंक बनाएर ठग्नेहरुलाई यसपालि मतकै माध्यमबाट सबक सिकाउने बेला आएको छ।” उनका अनुसार जनता अब सचेत छन् र परिवर्तनका लागि जनमत पार्टी को हरन छापमा मतदान गर्न आतुर छन्।
स्थानीय बासिन्दाले पनि अब पुरानै कुरा दोहोरिन नदिनुपर्ने बताए। “हरेक चुनावमा आश्वासन मात्र सुनियो, काम देखिएन,” एक स्थानीयले भने, “यसपालि सही निर्णय गर्छौं।” मुर्लिमा देखिएको यो जनसमर्थनले पर्सा–१ मा चुनावी माहोल थप तातेको संकेत दिएको छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *