• Home
  • ताजा समाचार
  • प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध गर्न नौं कम्युनिस्ट दलको माग
Image

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध गर्न नौं कम्युनिस्ट दलको माग

काठमाडौं, १ असार

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् ।

नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।

गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍ग भन्दै नौं कम्युनिस्ट घटकहरूले विरोध गरेका छन् ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *