• Home
  • ताजा समाचार
  • प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रष्ट पार्न माधव नेपालको माग
Image

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रष्ट पार्न माधव नेपालको माग

काठमाडौं, ३० जेठ

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए । देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण हुन लागेकाले यसबारे सदन र सांसदलाई जानकारी दिनुपर्ने नेता नेपालको भनाइ थियो ।

नेपालसहितका सांसदहरुले प्रधानमन्त्रीको अमेरिकाबारे चासो राखेपछि समितिले यसबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

देशको असंलग्न परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाउने समितिले निर्णय गरेको हो ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *