• Home
  • ताजा समाचार
  • प्रदेश र संघमा गठबन्धन अझ सफल हुन्छ, उपाध्यक्ष जयन्ती राई
Image

प्रदेश र संघमा गठबन्धन अझ सफल हुन्छ, उपाध्यक्ष जयन्ती राई

काठमाडौं, ५ जेठ

नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्‍ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् ।

नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् ।

‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’, न्युज कारखानासँग भनेकी छिन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र  नेकपा (माओवादी केन्द्र)बाट धोका पाएको आरोप लगाउँदै आएका छन् ।

सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए । तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताइकी हुन् ।   प्रदेश र सङ्‍घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् ।

‘स्थानीय तहमा पो मतदाताले नातागोता हेर्छन् । प्रदेश र सङ्‍घमा त्यस्तो हुँदैन’, उनले भनिन्, ‘बढी तालमेल सफल हुने स्थानीयमा भन्दा पनि प्रदेश र सङ्‌‍घमा हुन्छ ।’

तालमेल सफल भएको दाबी गरिए पनि गठबन्धनलाई नै तोडेर धेरै ठाउँमा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।  यद्यपि, पहिलेको तुलनामा एमालेले करिब ९५ स्थानीय तह भने गुमाउनुपर्ने देखिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *