• Home
  • राजनीति
  • प्रतिनिधिसभा बैठक स्थगित गरेर एमाले निर्वाचन केन्द्रित अभियानमा, पार्टी कार्यालयमा स्थायी समिति बैठक
Image

प्रतिनिधिसभा बैठक स्थगित गरेर एमाले निर्वाचन केन्द्रित अभियानमा, पार्टी कार्यालयमा स्थायी समिति बैठक

काठमाडौं, ७ भदौ

प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी समिति बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी समिति बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । एमालेकै आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी १३ भदौमा बस्ने गरी मंगलबार प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

एमालेको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले चुनावी रणनीतिबारे आफ्ना धारणा राख्ने भएका छन् । एमालेले ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni ४ दिन अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni ४ दिन अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *