• Home
  • ताजा समाचार
  • प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भानुभक्त ढकालको कटाक्ष
Image

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भानुभक्त ढकालको कटाक्ष

काठमाडौं, १८ जेठ

एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट  कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र यसको कार्यान्वयन हुन नसक्ने बताए ।

एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘सरकारलाई राम्रो सुझाव दिन चाहान्छु, निजी क्षेत्रबाट गर्नेभन्दा लोकतन्त्रमा व्यक्ति स्वतन्त्र छन् । यस्तो राजमार्गको परिकल्पना गरौँ, कल्पना गर्नेवित्तिकै चन्द्रलोकमा जाने सक्ने, मंगलग्रहमा पनि जान सकिने, आफैँ बाटो बनाउँ भन्यो भने सायद अल्मल्याउन धेरै कुरा भनिरहनै पर्दैन ।’

यो सरकारको आयु पाँच महिना २२ दिन रहेको भन्दै उनले बजेट जनता  देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *