पाकिस्तानमा पोलियोका बिरामी बढे

1.1kViews
0 Shares

इस्लामाबाद, ७ भदौ

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेका छन् । यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन् । 

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ ।
केही साताअघिसम्म खोप अभियानमा खटिएका दुई सुरक्षाकर्मीको हत्या भएको थियो । उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन् ।   खोप विरोधी भावनाका कारण आतंकवादीहरूले धेरै पोलियो कार्यकर्ताहरू र उनीहरूका गार्ड मारिने गरेका छन् । खोपहरूमा सुँगुरको बोसो हुन्छ भन्ने विश्वास उनीहरूको छ ।  पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय