Trending

पाकिस्तानको लगातार दोस्रो जित

780Views
0 Shares

काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ ।

युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ ।

न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २५ रन जोडे ।

पाकिस्तानका हरिस राउफले चार विकेट लिए भने शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एक/एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय